विश्व संगीत दिवस मनाइयो, विनितको ‘वन डढेको’ गीत सार्वजनिक

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । गायक विनीत जोजिजुको नयाँ गीत ‘वन डढेको देखिन्छ हजुर मन डढेको देखिन्न’ सार्वजनिक गरिएको छ । गीत विश्व संगीत दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । विनित जोजिजूको आवाजमा रहेको यो गीत वरिष्ठ साहित्यकार सरुभक्तले रचना गर्नुभएको हो । गीतमा संगीत राकेश अप्जसीले भर्नुभएको छ । यस गीतलाई जोजिजू म्युजिक सेन्टरको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

गायक विनीतले सांगीतिक यात्रा सुरु गरेको झण्डै २३ वर्ष भयो । २०५५ सालमा ‘छड्के नजर’ बोलको गीत रेकर्ड गरी नेपाली सांगीतिक फाँटमा उहााको औपचारीक यात्रा सुरु भएको थियो । यो अवधिमा विभिन्न गीत मार्फत उहाँले दर्शक श्रोतामाझ परिचय बनाउनु भएको छ ।

उहाँको अर्को परिचय संगीत गुरु हो । उहाँले संगीत सिकाउँनुहुन्छ । नयाँ प्रतिभालाई सजिलो होस् भन्ने उद्देश्यले २०६० सालमा जोजिजू म्यूजिक सेन्टर म्यूजिक स्कूलको स्थापना गरी नवप्रतिभालाई अगाडि बढ्न निरन्तर हौसला प्रदान गरिरहनु भएको छ । पोखराको उद्वेग व्याण्डका मुख्य भोकलिष्ट समेत रहनुभएका उहाँले अब निरन्तर सांगीतिक कोसेली पस्कदै संगीत पारखीको मन जित्ने योजना बनाउनु भएको छ ।

गत वर्ष कोरोना कहरकै समयमा उहाँले ‘कस्तो दिन आयो’ गीत सार्वजनिक गर्नुभएको थियो । यसैगरी केही महिना अगाडि उहाँले ‘कोइलीले गायो’ गीत दर्शक श्रोतामाझ पस्कनुभएको थियो । यतिबेला थप केही गीत दर्शक श्रोतामाझ पस्कनको लागि तयारी गर्देै गरेको उहाँले खुलाउनुभयो । पारिवारिक वातावरण नै संगीतमय बनाउनुभएका उहाँले श्रीमती, छोराछोरी सहित परिवारका चारैजना सदस्यको संयुक्त आवाजमा एउटा गीत पस्कने समेत उहाँले बताउनुभयो ।

पोखरामा विश्व संगीत दिवस मनाइयो

पोखरामा विश्व संगीत दिवस समेत मनाइएको छ । २०६० सालबाट निरन्तर संगीतको क्षेत्रमा क्रियाशील जोजिजू म्युजिक सेन्टर एन्ड म्युजिक स्कुल रानीपौवा पोखराले भचुृअल माध्यमबाट कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । कार्यक्रममा संगीतको दिवसको अवसरमा शुभकामना आदान प्रदान सहित सांगीतिक कोसेलीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, झिगुभाय झिगु सस्कृति पुचः अध्यक्ष सस्कृतिकर्मी कृष्ण बहादुर श्रेष्ठ, नेवाः ल्याम्ह पुचः कास्कीका अध्यक्ष मधुसूदन जोशी ,संचारकर्मी खीमा गुरुङ, जोजिजु म्युजिक स्कुलका ड्रमसेट प्रशिक्षक बिशाल प्रतेल, स्कुलका निर्देशक बिनित जोजिजू लगायतले विश्व संगीत दिवसको बारेमा चर्चा गर्नुभएको थिए ।

कार्यक्रमको थप आर्कषणमा पुकार सिंह ठकुरी, शोभा गुरुङ, एसस्बी भोछिभोया, उत्प्रेरणा जोजिजू, बिनित जोजिजू आदिले गायन प्रस्तुति राख्नुभयो । सोही कार्यक्रम मार्फत २ बर्षको उमेरमा ड्रम सेट बजाएर बिश्व कृतिमान कायम गर्न सफल उत्प्रेम जोजिजु ड्रमसेट तथा म्युजिक स्कुलका ब्यबस्थापक तथा प्रशिक्षक सानू जोजिजुले भ्वाइलिन बजाउनुभयो । कार्यक्रममा सहजिकरण समेत सानू जोजिजूले गर्नुभएको थियो ।

पोखरामा २०६० सालदेखि निरन्तर संगीत दिवसको अवसरमा कार्यक्रम गरिदै आएको थियो । पोखराका विभिन्न वाङ्मयिक संस्थाहरु मिलेर आयोजना गर्दै आएको यो कार्यक्रमलाई कोरोना महामारीले गतवर्षबाटनै प्रभाव पारेको छ ।

सन् १९७० देखि फ्रान्स सरकारले २१ जुन, वर्षको लामो दिन भएकोले यसलाई विभिन्न सांंगीतिक कार्यक्रम गरी मनाउनुपर्छ भनेर संगीत दिवस मनाउन शुरु गरेको भएपनि हाल यो दिवस विश्वका १ सय ६० भन्दा बढी देशमा मनाइन्छ । नेपालमा २०५५ सालबाट दिवस मनाउन थालिएको हो ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=Im602ARUEeg

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button