कतार कस्टम विभागद्धारा १७.५ किलो गाँजा बरामद

तिलु शर्मा पौडेल, दोहा कतार । एयर कार्गो मार्फत एयर कण्डिसनरको कम्प्रेसरमा लुकाई अवैध रूपमा कतार भित्राउन लागिएको अवस्थामा एयरपोर्ट कस्टम विभाग (प्रहरी) ले १७.५ किलो गाँजा बरामद गरेको छ l कुन देशबाट भित्राउन खोजिएको हो त्यो भने खुलाइएको छैन l कतारले प्रतिबन्ध गरेका कुनै पनि बस्तुको आयात तथा निर्यात नगर्न विभागले पटक पटक अनुरोध गर्दै आएको छ l

केही दिन अघि मात्र अल समालमा रहेको सुरक्षा विभागले सुनको धुलो बनाइ अन्य धातुमा मिसाई कतार बाहिर तस्करी गर्दै गरेको अवस्थामा एसियन मूलका ४ जनालाई पक्राउ गरेको थियो l पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button