बागलुङमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

पाेखरा न्यूज । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button