मनाङमा सेनाद्वारा खाेलामा २ अस्थायी पुल निर्माण (तस्वीरहरु)

पाेखरा न्यूज । बाढी पहिराेले प्रभावित भएका सर्वसाधरणहरुकाे आवतजावतका लागि मनाङकाे चामेमा नेपाली सेनाले नेपाल प्रहरी र स्थानीयकाे सहयाेगमा २ वटा अस्थायी पुलहरु निर्माण गरेकाे छ ।

मनाङ जिल्लाकाे चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा हिजाे ती अस्थायी पुलहरु निर्माण गरिएका हुन् ।

सेनाका अनुसार रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतोतर्फ आवत जावत गर्ने २ वटा अस्थायी काठेपुल निर्माण गरेको छ ।

भारी वर्षाका कारण आएको बाढीले मनाङको सदरमुकाम चामेमा घरहरु बगाएको छ । दुईवटा खोलामा आएको बाढीले चामेमा ट्रस्ट बनाएर बसेका थुप्रै होटल र पसलहरु समेत बगाएको छ ।

त्यसैगरी गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढीले जिल्लाकाे नासो गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पुगेकाे छ । पालिकाको वडा नं २ बाहेक सबै वडाहरुमा बाढीले ठूलो क्षति पुर्‍याएको हो । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७ र ८ वडा पूर्णरुपमा बाढीपहिराबाट क्षति भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button