नेपालमा कोरोना विरुद्धको खोप परिक्षण हुने

पाेखरा न्यूज । नेपालमा कोरोना विरुद्धको खोपको परिक्षण गर्न बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन, अध्ययन, परिक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिदैँ बाटो खोलेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताउनुभयो । अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परिक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परिक्षणको लागि अनुरोध गर्न सकिने बताउनुभयो । परिक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताउनुभयो ।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परिक्षण भएकोले कोरोना विरुद्धको खोपको परिक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना सम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै आगामी असार १७ र १८ गते काठमाडौंमा बृहद सम्मेलन गर्न लागेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button