मनाङका सडक र पुल मर्मतमा स्थानीय सरकार असमर्थ

पाेखरा न्यूज । मनाङ जिल्लाको स्थानीय निकायहरुले सडक र पुल मर्मत गर्न नसक्ने बताएका छन् । यही असार १ गते आएको बाढीपहिरोका कारण जिल्लाका सबै सडक र पुलमा क्षति पुगेको छ ।

तत्काल जनजीवन सहज बनाउने कोशिसमा रहेपनि सडक र पुल मर्मतका लागि यहाँका स्थानीय निकाय असमर्थ भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । असार १ गते परेको अबिरल वर्षाका कारण स्थानीय दुई खोलामा आएको बाढीपहिरोले बगाएको सडक र पुल मर्मत गर्ने क्षमता गाउँपालिकासँग नभएकाले केन्द्र र प्रदेश सरकारबाट पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । बाढीपहिरोले यहाँ सडक र पुल बगाएपछि खाद्य सङ्कट उत्पन्न हुन लागेको उहाँको भनाइ छ ।

बाढीपहिरोका कारण मनाङमा पहिलोपटक यति धेरै भौतिक संरचनामा क्षति पु¥याएको हो । चामेमा बाढीपहिरोले ३० किलोमिटर सडकमा क्षति पु¥याएको छ भने आठ झोलुङ्गे र दुई पक्की पुल तथा पाँच लघु जलविद्युत् आयोजना बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । बाढीपहिरोबाट यहाँका २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button