कास्कीमा १३८ सहित गण्डकीमा थप ४८० मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७४ जना पुरुष तथा ६४ जना महिला गरी १३८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ७९६  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४८०जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १३८ सहित म्याग्दीका १७ जना, पर्वतका १  जना, गाेरखाका ९२ जना लमजुङका ९ जना तनहुँका ७२ जना, बाग्लुङका ६८ जना स्याङ्जाका २९ जना र नवलपुरका ५४ जना गरी प्रदेशका ९ जिल्लामा २४६ पुरुष तथा २३४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १७१  पुगेको छ। पछिल्लो २४ घण्टामा ५६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ९९५ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९०१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button