राष्ट्रिय कविता महोत्सव बुधबार

पाेखरा न्यूज । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव–२०७८ कोभिड–१९ का कारण बुधबार भर्चुअलरुपमा सञ्चालन गर्दैछ । प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आव्हान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी

कवितामध्ये मूल्याङ्कन समितिको छनोटमा परेका ४१ कविता ४१ कविता वाचन हुनेछन् ।

वाचनका लागि १० प्राप्ताङ्क कायम गरिएको तथा वाचनअघिको मूल्याङ्कनलाई वाचनको प्राप्ताङ्कमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button