पोखराको पश्चिमाञ्चल अस्पतालको आइसोलेसनमा ५८ संक्रमितको उपचार जारी

पोखरा न्यूज । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा रहेको कोभिड १९ उपचार केन्द्रको आइसोलेसन बार्डमा अहिले ५८ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । उपचाररत संक्रमित बिरामीहरुको अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

कोभिड १९ को दोस्रो लहर आए पछि अस्पतालमा ५५१ जना कोरोना संक्रमित बिरामीहरु भर्ना भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले बताउनु भएको छ । भर्ना भएका बिरामी मध्ये ४९३ जना अस्पतालबाट डिस्र्चाज भइसकेको निर्देशक प्रा. डा. खत्रीले जानकारी दिनु भएको छ ।

विभिन्न २३ जिल्लाका बालकदेखि वृद्ध उमेर समूहका संक्रमितहरु अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । जसमध्ये सबैभन्दा धेरै कास्की जिल्लाका २९० जना संक्रमित भर्ना भएको बताइएको छ । स्याङ्जा जिल्लाका ८५, तनहुँ जिल्लाका ६२, बाग्लुङ जिल्लाका २५, पर्वतका २५, म्याग्दी जिल्लाका १८, लमजुङ जिल्लाका १३, गोरखा जिल्लाका ५, मनाङ जिल्लाका ४, नवलपुर जिल्लाका ४ र मुस्ताङ जिल्लाका ३ जना रहेका छन् ।

काेभिड १९ काे दाेश्राे लहरमा अस्पतालकाे आइसाेलेसन वार्डमा भर्ना भएका सङ्क्रमित विरामीहरुकाे जिल्लागत, उमेरगत र लैङ्गिक तथ्यांक हेर्नुस्ः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button