कास्कीमा ६७ सहित गण्डकीमा थप ३३७ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ३२ जना पुरुष तथा ३५ जना महिला गरी ६७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३४१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ६७ सहित म्याग्दीका ३५ जना, पर्वतका २२ जना, गाेरखाका ५३ जना, लमजुङका १ जना तनहुँका ४८ जना, बाग्लुङका ६१ जना स्याङ्जाका ३९ जना र नवलपुरका ११ जना गरी प्रदेशका ९ जिल्लामा १८३ पुरुष तथा १५४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार ६१० पुगेको छ। पछिल्लो २४ घण्टामा ३८० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ९८७ पुगेको छ ।

गण्डकीमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९३४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button