कृषक समूहलाई अनुदानमा ब्याड बोका वितरण

पाेखरा न्यूज । खाद्य तथा पोषण सुरक्षा आयोजना कलष्टर एकाइले मासुको उत्पादन बढाउनका लागि व्यावसायिक कृषक समूहलाई अनुदानमा उन्नत जातका ब्याड बोका वितरण गरेको छ । एकाइले दुई स्थानीय तहलाई मल्टिप्लाई हर्ड स्थापना गर्ने कार्यक्रमअन्तर्गत उन्नत जातका ब्याड बोका वितरण गरेको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत दुर्गाप्रसाद पण्डितले जानकारी दिनुभयो ।

एकाइले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित हुडीखोला कृषक समूह र धादिङको बेनिघाट रोराङ्ग गाउँपालिकास्थित साततलेदेवी कृषक समूहलाई दुई/दुई बोयर जातका ब्याड बोका वितरण गरेको उहाँले बताउनुभयो ।

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरबाट खरीद गरेर ८५ प्रतिशत अनुदानमा चालू आवको कार्यक्रम अन्र्तगत दुई कृषक समूहलाई ब्याड बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो । “अनुदानमा उपलब्ध गराइएको ब्याड बोका १६ देखि २५ किलोसम्म तौल रहेका छन्”, कृषि अधिकृत पण्डितले भन्नुभयो, “उमेरका हिसाबले सबै तीनदेखि चार महिनासम्मका हुन्, यो छिटो बढ्ने र तौल बढी हुने भएकाले मासु उत्पादनमा समेत वृद्धि हुन्छ ।”

अनुदानमा ब्याड बोका उपलब्ध गराइएका कृषक समूहले अनुदानको सही सदुपयोग भएको वा नभएका बारेमा समेत अनुगमन गरिने उहाँको भनाइ छ । “किसानको आयआर्जन वृद्धिका लागिमात्र नभई मासुलाई उत्पादनमा बढाउँदै मासुमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम प्रभावकारी छ”, पण्डितले भन्नुभयो, “कृषकले अनुदानसहित सदुपयोग गरे सरकारको लक्ष्य पनि पूरा हुँदै जानेछ, कृषक पनि बिस्तारै आत्मनिर्भर बन्दै जानेछन् ।”

एकाइले उन्नत जातको ब्याड बोका लगाएपछि कृषक समूहमा भएका परिवर्तनलगायतका विषयमा रेर्कडसमेत राख्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत एकाइले खोर निर्माण, घाँसको बीउ वितरण, दाना व्यवस्थापनलगायत कार्यबाट किसानलाई सहजीकरण गर्दै आएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button