एनआरएनए कतारको नयाँ कार्यसमितिका लागि अन्तिम नामावली सार्वजनिक

दाबी विरोध तथा उम्मेदवारि फिर्ता कसैले गरेनन्

तिलु शर्मा पौडेल, दोहा कतार । अर्को महिनाको ९ तारिखमा हुने गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता गराएका आकाङ्क्षीहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।

कार्यसमिति चयन समिति -२०२१ द्वारा जारी केही पदमा निर्विरोध निर्वाचित समेत भएको जनाइएको छ । दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि समितिले दिएको समय सीमा भित्र कसैले पनि दाबी तथा उम्मेदवारी फिर्ता नलिएको  समितिका संयोजक रमेश भट्टले जानकारी दिनु भयो l भट्टका अनुसार केही पदहरूमा दोहोरो उम्मेदवारी परेको छ भने निर्वाचन अनलाइन भोटिङ मार्फत हुनेछ l

समितिले सार्वजनिक गरेको विवरण अनुसार २०२१-२३ कार्यकालका लागि आइसिसी सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टङ्क बहादुर खड्का, अर्जुन मुडभरी, अर्षद हुसैन मु, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी, तेज कटुवाल, मदसिर नजर बिच प्रतिस्पर्धा हुनेछ l अध्यक्ष पदमा मोहम्मद मुक्तदा र चूडामणि कार्की बिच प्रतिस्पर्धा हुने भएको छ l त्यस्तै प्रथम उपाध्यक्षमा जैवी राई र गफुर अहम्मद द्वितीय उपाध्यक्षमा प्रेम चलाउने र केशवराज कार्की, महासचिवमा पदम गिरी र अफसर अलि खान, सचिवमा रविन थापा मगर, दीप जङ्ग शाह, भवानी प्रसाद कोइराला र सुनिल कुमार घिमिरे बिच प्रतिस्पर्धा हुनेछ l

सह-कोषाध्यक्षमा मीनराज वाग्ले, झविन्द्र आचार्य, बालकृष्ण न्यौपाने, महिला संयोजकमा नानु घले ब्लोन र सन्ध्या अर्याल, युवा संयोजकमा डेक ब भारती (सुमन) मो. कलाम हुसेन, कार्यसमितिको सदस्यहरूमा सेवक बि.क, खडक बा पा फागो, तारानाथ बास्तोला, नारायणप्रसाद ढुङ्गाना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), विष्णु बहादुर खड्का,सविन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कटवाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मन्नान,राम गिरी, मो मजुदिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियाज शेख र टेक बहादुर नेपाली बिच निर्वाचन हुने भएको छ ।

निर्विरोध निर्वाचित हुने को को हुन् ?

आगामी कार्यकालका लागी एनसीसी कतारको महिला उपाध्यक्षमा अम्बिका खत्री, कोषाध्यक्षमा विनोद प्रसाद बर्सौला, एनसीसी लेखा समिति संयोजकमा सन्तोष रेग्मी, सदस्यहरूमा टिकाराम गौतम (अमित) र गणेश भट्ट निर्विरोध निर्वाचित हुनु भएको छ l

आगामी कार्यकालका लागि आइसिसी सदस्य ७ जना, एनसीसी कतारमा अध्यक्ष १ जना, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, महासचिव १, सचिव २, कोषाध्यक्ष १, सह कोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १, कार्यसमिति सदस्य १८, निर्वाचित हुनु पर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button