कास्कीका ११९ सहित प्रदेशमा थप २८३ जनामा काेराेना पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ५७ जना पुरुष तथा ६२ जना महिला गरी ११९ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १६३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २८३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११९ सहित म्याग्दीका ७ जना, स्याङ्जाका २२ जना, बाग्लुङका २९ जना, पर्वतका ३ जना, तनहुँका ४४ जना, गोरखाका ७ जना, लमजुङका ९ जना र नवलपुरका ४३ जना गरी प्रदेशका ९ जिल्लामा १४६ पुरुष तथा १३७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३३५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७३० पुगेको छ ।

गण्डकीमा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७४८ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button