कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङमुख्य खबरमुस्ताङ्म्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीमा १९४ सहित गण्डकीमा थप ३७९ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९६ जना पुरुष तथा ९८ जना महिला गरी १९४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १८६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९४ सहित म्याग्दीका २१ जना, पर्वतका १० जना, गाेरखाका ९ जना, लमजुङका १४ जना तनहुँका ४४ जना, बाग्लुङका २७ जना स्याङ्जाका १२ जना, मुस्ताङका २ जना र नवलपुरका ४६ जना गरी प्रदेशका १० जिल्लामा १९८ पुरुष तथा १८१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ५७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ११६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९५८ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x