पृथ्वी राजमार्ग भासियोः एकतर्फी सञ्चालनमा

पोखरा न्यूज। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ ।

लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ । केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो ।

काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button