कास्कीमा १४९ सहित प्रदेशमा थप ३६६ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७७ जना पुरुष तथा ७२ जना महिला गरी १४९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १८० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४९ सहित म्याग्दीका ५ जना, पर्वतका ४२  जना, लमजुङका २१ जना, तनहुँका ५ जना, बाग्लुङका ८४ जना स्याङ्जाका ४६ जना र नवलपुरका १४ जना गरी प्रदेशका ८ जिल्लामा १९९ पुरुष तथा १६७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५७ हजार ११६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३० पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९६१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button