कास्कीगण्डकीलमजुङसमाचार

कास्कीकी युवतीको शव मादीको किनारमा फेला

पोखरा न्यूज । कास्कीकी एक युवतीको शव आज बिहान लमजुङस्थित मादी नदीको किनारमा फेला परेको छ । मृतक कास्कीको मादी गाँउपालिका ९ मुग्रेबेसीकी अन्दाजी ३५ वर्षीय कल्पना अधिकारीको भएको प्रहरीले जनाएको छ ।

बिहान आठ बजेको समयमा लमजुङको मध्यनेपाल नगरपालिका ८ रामबजारस्थित मादी नदीको किनारमा अधिकारीको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव निरीक्षक बिकले बताउनु भएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x