कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङमुस्ताङ्म्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीमा १३४ सहित गण्डकीमा थप ३६६ जनामा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५९ जना पुरुष तथा ७५ जना महिला गरी १३४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २०० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १३४ सहित मनाङका १ जना, म्याग्दीका ४ जना, पर्वतका २८ जना, गाेरखाका ४८ जना  लमजुङका १९ जना, तनहुँका ५२ जना, बाग्लुङका २७ जना, स्याङ्जाका २० जना र नवलपुरका ३३ जना गरी प्रदेशका १० जिल्लामा १९३ पुरुष तथा १७३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५७ हजार ७८४  पुगेको छ। पछिल्लो २४ घण्टामा २८९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ६३९ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९७४ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x