निःशुल्क विद्युत् उपभोग गर्न पाएपछि स्याङ्जाका स्थानीयवासी उत्साहित

पोखरा न्यूज । स्याङ्जाको कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ ।,बासिन्दाको न्यूनतम विद्युत् महसुल तिरिदिने निर्णय गरेसंगै गाउँपालिका र विद्युत् प्राधिकरणबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार गाउँपालिकाले चार हजार ५४७ घरधुरीको न्यूनतम विद्युत् महसुलबापत रु चार लाख १० हजार उपलब्ध गराएको विद्युत् प्राधिकरण स्याङ्जाका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो ।

वैशाख, जेठ र असार महिनाको प्रत्येक ग्राहकको मासिक रु ३० का दरले पहिलो किस्ता प्राधिकरणमा जम्मा भएको र प्रत्येक ६/६ महिनामा गाउँपालिकाले प्राधिकरणलाई रकम उपलब्ध गराउने सहमति भएको प्राधिकरणका लेखाप्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीवासीलाई विद्युत् उपभोग गर्न कुनै समस्या नहोस् भनेर उज्यालो गाउँपालिका अभियानअन्र्तगत न्यूनतम विद्युत् महसुल तिरिदिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । निःशुल्क रुपमा विद्युत् उपभोग गर्न पाएपछि स्थानीयवासी उत्साहित छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button