पर्वतमा बाढीले बगाएकाे गाडी भेटियाे, गाडीमा सवारहरुकाे अवस्था अज्ञात

पाेखरा न्यूज । पर्वतमा गाडीसहित खाेलाले बगाएर बेपत्ता भएका दुईजनाकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ । कुश्मा नगरपालिका–८ मा पर्ने दाेबिल्ला खोलाले बगाउँदा गाडीसहित त्यसमा सवार दुई जना बेपत्ता भएका छन् ।

प्रहरीले खाेजतलास गर्ने क्रममा घटनास्थलभन्दा तल माेदी खाेला किनारमा कार, माेटर साइकल र स्कुटर फेला पारेकाे जनाएकाे छ । घटनास्थलभन्दा डेढ किलाेमिटर तल खाेलाकाे किनारमा प्रदेश नं.३-०१-०२३ च ३६४२ नं को सुजुकी कार र अन्दाजी ५०० मिटर तल ग१६प ९२६१ नं.को स्कुटर, प्रदेश नं.१-
०२-०४३ प ४४५५ नं.को मोटरसाईकल फेला पारिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जानकारी दिएकाे छ ।

गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर काठमाण्डाै‌का राजाराम आचार्य र गाडी चालक कैलालीका इन्द्र थारु रहनुभएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरीकाे थप उद्धार टाेली परिचालन गरी खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button