मनाङसमाचारसमाज

मनाङ चामेको बजेट ३४ करोड

पोखरा न्यूज । मनाङ जिल्ला सदरमुकामसमेत रहेको हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ३४ करोड ४१ लाख ६१ हजार बराबरको बजेट ल्याएको छ ।

बुधबार आयोजित नवौँ नगरसभामा गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ गुरुङले सङ्घीय, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र गाउँपालिकाको आन्तरिक आम्दानीसहित उक्त बजेट सार्वजानिक गर्नुभएको हो ।

बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ६ करोड ८२ लाख, वित्तीय समानीकरण अनुदानबाट रु ६ करोड ९८ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट रु ७० लाख, समानीकरण अनुदानबाट रु ४० लाख ६७ हजार, राजस्व बाँडफाँटबाट रु ६ करोड ६१ लाख ५६ हजार, विशेष अनुदानबाट रु नौँ करोड ३१ लाख, अन्यबाट तीन करोड ८८ लाख ५७ हजार र आन्तरिक आयतर्फ रु २६ लाख ४२ हजार आम्दानी हुने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष गुरुङले बाढीपहिरोबाट विस्थापित भएका बस्तीलाई संरक्षण गर्ने पहिलो प्राथमिकता दिइएको बताउनुभयो । त्यस्तै गाउँभित्रका बाढीपहिरोबाट क्षतिग्रस्त भएको विद्युतीय क्षेत्र, खानेपानी, सामुदायिक विद्यालयसहित विकासका पूर्वाधार सुधारलायतका कार्यक्रम समेटिएको छ ।

सो गाउँसभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष लोकेन्द्र वहादुर घलेले गर्नुभएको थियो । असार १ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले चामेको दश घरमा पूर्ण र २० घरमा आंशिकरुपमा क्षति पुर्याएको छ ।
लघु जलविद्युत् र खानेपानीमा समेत पूर्णरुपमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ । देशभरका अधिकांश स्थानीय तहले असार १० गतेभित्र नै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थिए । रासस

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x