तनहुँ र नवलपुरमा थप वर्षा हुने भन्दै सचेत रहन विभागको आग्रह

पोखरा न्यूज । तनहुँ र नवलपुर जिल्लाका आसपासका क्षेत्रहरुमा पछिल्लो समय भारी वर्षा भइरहेको कारण नदीहरुमा आकस्मिक बहाव आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सर्तक रहन सर्वसाधरणलाई अनुरोध गरेको छ ।

तनहुँको बिमलनगर, बन्दीपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भन्दै विभागले सूचना जारी गरेको हो । सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

त्यसैगरी पछिल्लो ६ घण्टामा नवलपुर र आसपासका क्षेत्रमा भारी बर्षा मापन भएको, थप वर्षा हुन सक्ने भन्दै आरूणखोला , गिरूवारी, बिनयी लगायत सो क्षेत्रका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ । डेढगाँउ र

सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने, तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूले थप सतर्कता अपनाउन सूचित गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button