मस्र्याङ्दीको सतह बढ्यो, मनाङ पुनः जोखिममा

पोखरा न्यूज ।  निरन्तरको वर्षापछि मनाङ जिल्लामा पुनः जोखिम बढेको छ । बुधबार साँझ ४ः०० बजेदेखि परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीको सतह बढेपछि जोखिम बढेको हो ।

नदीको सतहमाथि आएपछि सदरमुकाम चामेस्थित बस्ती कटान भएको छ । केही दिन वर्षा कम भएकाले सहज बनेको मनाङमा वर्षा भएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । निरन्तर वर्षा हुँदा बहाव बढेकाले नदीको धार परिवर्तन भएको स्थानमा उच्च जोखिम रहेको उहाँले बताउनुभयो । डुबानमा परेका गाउँ फेरि डुब्ने अवस्थामा पुगेको लामिछानेले जनाउनुभयो ।

सदरमुकाम चामेबाट तल्लो भाग पुनः जोखिममा पुगेको उहाँले बताउनुभयो । “नदीको बहाव बढेकाले जिल्लाका धेरै स्थानमा जोखिम बढेको छ, मनाङको तल्लो भागमा अझै उच्च जोखिम भएको छ”, लामिछानेले भन्नुभयो, “सतर्कता अपनाउन सूचित गरिएको छ ।” नदी कटानले फेरि बस्तीबाट भौतिक संरचना बाढीले तान्न थालेको छ । अहिले पनि पानी पर्ने क्रम जारी रहेकाले समस्या बढ्न सक्ने देखिएको छ । बाढीपहिराले मनाङका बस्ती बगरमा परिणत भएका छन् । ती बगरमा बस्ती बसाउनसमेत लामो समय लाग्ने देखिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button