गण्डकीपर्वतबाग्लुङमनाङमुस्ताङ्

पहिरोले गण्डकी प्रदेशका ४ जिल्लामा सञ्चार सेवा अवरुद्ध

पोखरा न्यूज ।  पहिराबाट फाइवरको तार चुडिँदा साविकको धवलागिरि अञ्चलका चार जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ ।  नेपाल टेलिकमको पोखरादेखि बागलुङ ल्याइएको फाइवरको तार पर्वतको कुश्मा नगरपालिका–७ चुवामा पहिराले चुडाइदिएको हो । तार चुडिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चारसेवा अवरुद्ध भएको छ ।

बुधबार रातिदेखि नै फाइवरमा समस्या आएपछि खोजी गर्दा तार चुडिएको भेटिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताउनुभयो । “फाइवरबाटै फोन, इन्टरनेट र टिभीसमेत चल्ने हो, एउटै तार भएकाले चुडिँदा सबै अवरुद्ध हुन्छ”, शर्माले भन्नुभयो, “बाढी मिसिएको पहिरो बगिरहेकाले तत्काल मर्मत गर्नसमेत सकिएको छैन ।” पहिरो खसेको ठाउँमा टेलिकमले प्राविधिक पठाइसकेको जनाइएको छ । वर्षा भइरहेकाले तत्काल मर्मत असम्भव रहेको शर्माले बताउनुभयो ।

इन्टरनेट र टेलिफोन सेवा नचलेका कारण बिहानको समयमा मात्रै खुल्ने बैंक तथा वित्तीय संस्था प्रभावित भएका छन् । असार मसान्तको बेला भएकाले भुक्तानीका काम रोकिँदा सरकारी कार्यालयमा समेत समस्या भएको छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकको इन्टरनेटसमेत चलेको छैन । एनसेएलको मोबाइल र डाटाले भने काम गरिरहेको छ । रासस

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x