पर्वतको ठाउँठाउँमा राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

पोखरा न्यूज । ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेछ । पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर र सुरक्षा निकाय तैनाथी अवस्थामा रहेपछि सडक वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको हो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने अधिकारीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा, काठमाडाँैलगायतका ठाउँका लागि छुटेका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र परेका छन् भने अन्यत्रबाट धवलागिरितर्फ आएका सवारी साधन पर्वतको दोबिल्लामा अलपत्र बनेका छन् । सडक अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् भने गए रातिदेखि इन्टरनेट र टेलिफोनसमेत अवरुद्ध भएकामा केहीबेर अघि मात्र चालु भएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button