कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङसमाचारस्याङ्जा

कास्कीमा १२९ सहित गण्डकीमा थप २८१ जनामा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७४ जना पुरुष तथा ५५ जना महिला गरी १२९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ११७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २८१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १२९ सहित म्याग्दीका ४ जना, पर्वतका २२ जना, गाेरखाका ९ जना लमजुङका २३ जना, तनहुँका २ जना, बाग्लुङका ४८ जना, स्याङ्जाका ७ जना र नवलपुरका ३७ जना गरी प्रदेशका ९ जिल्लामा १५७ पुरुष तथा १२४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ६२९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३३७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५४१ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९८८ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x