कास्कीमा ४८ सहित गण्डकीमा थप १२५मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २७ जना पुरुष तथा २१ जना महिला गरी ४८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ८८८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १२५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४८ सहित मुस्ताङका ५ जना, म्याग्दीका २  जना,  तनहुँका ३१ जना,  स्याङ्जाका ९ जना र नवलपुरका ३० जना गरी प्रदेशका ६ जिल्लामा ६० पुरुष तथा ६५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ७५४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४३१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ९७२ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९९४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button