पाेखरामा ५ सहित प्रदेशमा थप ७ संक्रमितकाे मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ५ जनाकाे पाेखराका अस्पतालहरुमा, १ जनाकाे  बाग्लुङकाे अस्पतालमा उपचारकाे क्रममा र १ जनाकाे हाेमआइसाेलेशनमा मृत्यु भएको हाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका २ जना र स्याङ्जा जिल्लाका १ जना  जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे हाे । त्यसैगरी म्याग्दी जिल्लाका १ जनाकाे हाेमआइसाेलेशनमा मृत्यु भएकाे निर्देशनालयले पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button