कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीमा २१४ सहित गण्डकीमा थप ४१० मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १२५ जना पुरुष तथा ८९ जना महिला गरी २१४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १५३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४१० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २१४ सहित  म्याग्दीका ४ जना, पर्वतका २९ जना, गाेरखाका १० जना, लमजुङका १५ जना, तनहुँका ११ जना, बाग्लुङका ११९ जना, स्याङ्जाका ४ जना र नवलपुरका ४ जना गरी प्रदेशका ९ जिल्लामा २३१ पुरुष तथा १७९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार १६४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५५ हजार २७२ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x