‘स्क्रिप्ट रिडिङ’मा पर्याप्त समयको खाँचो

निरन्तरको अभ्यासले क्यारेक्टर परिपक्क बन्छ

राजाराम पौडेल । नेपालमा नाट्य क्षेत्रको विकासको लागि सरकारलले खासै लगानी गरेको देखिदैन । यहाँ जति काम भएका छन् नाट्यप्रेमी व्यक्ति तथा समुहले आफ्नै लगानीमा भएका छन् । यसरी अगाडि बढ्दै गएको नाट्य क्षेत्र प्रति आर्कषण भने देखिन्छ । पुराना रंगकर्मीको निरन्तरता तथा नयाँ रंगकर्मी आगमन नेपाली नाट्य क्षेत्रमा भइरहनुले नेपालमा नाट्यक्षेत्रप्रति आर्कषण रहेको मान्न सकिन्छ । यसका आफ्नै सिमा रहेका छन् । तिनै सिमाका कारण नाटक मार्फत सोचेजस्तो आउटपुट दिन गाह्रो पर्ने गरेको छ ।

त्यसोत नाटक मञ्चन गर्न सजिलो पक्कै छैन । निरन्तरको मेहनत र विभिन्न चुनौती पार गर्दै नाटक तयार हुन्छ । मुख्य कुरा लामो समय, निरन्तरको खटाई अपरिहार्य हुन्छ ।

नाटक मञ्चन गर्न निर्माण गर्ने टिम वा प्रोडक्सन हाउस तयार हुनुपर्छ । बजेट जुटाउनुपर्छ । कस्तो खालको नाटक मञ्चन गर्ने प्रयाप्त छलफल हुनुपर्छ । त्यसपछि नाटकको स्क्रिप्ट छनोट गरिन्छ । निर्देशक, कलाकार, रिर्यसल गर्ने ठाउँ, मञ्चन गर्ने ठाउँ, नाटकको लागि आवश्यक पर्ने साउण्ड डिजाइन, लाइट डिजाइन, कस्टुम डिजाइन, स्टेज डिजाइन, प्रचारप्रसार आदि सबैको मिश्रण बाटनै राम्रो आउटपुट निस्कने भएकोले उत्कृष्ट नाटक तयार हुन यी सबैमा गहन तरिकाले ध्यान दिन खोजिन्छ ।

निर्देशक तथा कलाकार छनोट भएपछि पहिलो सेसन भनेको रिडिङ सेसन हो । रिडिङमा पर्याप्त समय दिनसक्ने हो भने नाटकको आउटपुट राम्रो जाने रंगकर्मीहरुको बुझाई छ । तर विभिन्न बाध्यता तथा रंगकर्मीको इच्छाशक्तिमा भएको कमीको कारण रिडिङमा आवश्यकता अनुसारको समय दिन नसकिरहेको रंगकर्मीको स्विकारोक्ति छ । निरन्तरको रिडिङ तथा अभ्यासले क्यारेक्टर परिपक्क बन्छ ।

निर्देशक तथा कलाकार पशुपति राई नाटक उत्कृष्ट बन्न पर्याप्त समय दिनुपर्ने बताउनुहुन्छ । रिडिङमा पर्याप्त समय दिनुपर्छ । पर्याप्त समय भयो भने कलाकारले साच्चिकै बुझेर शब्दहरुलाई आफ्नो बनाउन पाउँछन् । जब आफ्नो तरिकाले कलाकारले डाइलग डेलिभरी गर्न सक्नुहुन्छ । अनि बल्ल उहाँले आफूलाई र आफ्ने क्षमतालाई साच्चिकै बुझ्नुहुन्छ । फलस्वरुप डाइलग डेलिभरी राम्रोसँग हुन्छ ।

????????????????????????????????????

डाइलग डेलिभरी राम्रोसँग हुँदा नाटकको सन्देश राइट वे मा दर्शक समक्ष पुग्छ । यसको लागि पर्याप्त समय दिनुपर्छ । तर विडम्बना नेपालमा नाटक छिटो गर्नुपर्ने हुन्छ । किनकी धेरै समय लियो भने प्रोडक्सन कष्ट बढ्छ । अर्को कुरा पर्याप्त समय दिएर रिडिङमा बस्न लगाउँदा कलाकारले समेत अल्छि गर्ने गरेको देखिन्छ । उहाँहरुलाई रिडिङको महत्व थाहा छैन । सोही कारण रिडिङमा हुने छलफलमा अल्छि गर्नुहुन्छ । रिडिङमा भन्दा छिटो ब्लकिङमा जानुपर्छ भन्ने मानसिकता उहाँहरुमा छ । ब्लकिङकमा जाँदा एक्टिभ भएर काम गर्न खोज्नुहुन्छ । तर, रिडिङको सेसनमा अलिकति अल्छिलाग्दो बानी एक्टरले देखाउने गरेको पाइन्छ । यस्तो किन हुन्छ भने हामी एक्टरहरुलाई जतिसक्दो चाडो डाइलग घोक र लाइटको सबैचिज याद गर भन्छौ । अनि ब्लकिङमा गएपछि मात्र अभिनय सुरु हुन्छ । नाटकमा अभिनय भनेको स्टेजमा गएर हिड्ने, ब्लकिङ गर्ने काम गर्ने हो भन्ने बुझाइ भएको हुनाले यस्तो भएको हो । एउटा क्यारेक्टरको मनोदशालाई कसरी साच्चिकै शब्दबाट डेलिभर गर्दा चित्रण गर्दछ भन्नेकुराको महत्व कलाकारले नबुझेर होला । धेरैजना कलकारमा देखेको समस्या भनेको डाइलग जसरी पनि रट्ने, अरु छलफल नगरी, ब्लकिङमा छिरौ भनिरहेको धेरै सुन्छु । उहाँहरुले रिडिङको महत्व नबुझेर होला रिडिङ सेसन कम नै भयो भनेपनि केही फरक पदैन भन्ने धेरैलाई हुन्छ । तर, मेरो अनुभवले रिडिङलाई पर्याप्त समय दिनुपर्छ भन्ने सिकाएको छ । कम्तिमा एक महिनासम्म रिडिङमा मात्र जान पाए स्क्प्टिका कति पत्रहरु खुल्थ्यो, भन्न खोजेका कुरा आउथ्यो । तर हामीमा धेरै हतार छ । उहाँले भन्नुभयो ।

कलाकार तथा निर्देशक राई पर्याप्त समय दिएर प्रि–प्लान गरेर नाटक मञ्चनको तयारी गरियो भने मात्र आउटपुट राम्रो आउने बताउनुहुन्छ ।
नाटक मञ्चनको प्रोसेस गर्नु भन्दा अगाडि योजना बनाउनुपर्छ । सामान्यतया एउटा प्ले प्रोडक्सन तयार गर्नको लागि घटिमा एक वर्ष लाग्छ । एक वर्ष त्यहीं लाग्ने भने होइन । कलाकार टेक्निसियन, लाइट डिजाइनर, सेट डिजाइनर, कस्टुम डिजाइनर सबै सेलेक्ट भइसकेपछि हप्ताको एकचोटी अथवा महिनाको दुईचोटी बसेर छलफल हुनुपर्छ । रियर्सल प्रोसेस तथा फ्लोरमा जानुभन्दा अगाडि जानुभन्दा अगाडि गम्भिर छलफल गर्नुपर्छ । अनि रिडिङ गर्ने प्रोसेस हुन्छ । तहाँ एक अर्कामा अनुभव आदानप्रदान हन्छ । टेष्टको फिलोसोफी के हो । टेष्टलाई कसरी रिसिभ गरिरहेका छौँ । समुहमा सेयर हुन्छ । यसरी सेयर गर्दा एकले अर्कोको भावना बुझिन्छ । स्क्रिप्ट पढेर पर्याप्त छलफल गर्नुपर्छ । आज पढेको टेष्ट र एक हप्ता पछि पुन दोहोर्‍याएर पढेको टेष्टको अर्थमा फरक आउन सक्छ । बुझाईमा फरक आउन सक्छ । सोही कारण कुनै प्रोडक्सन गर्दा प्रि–प्लान गरेर पर्यात समय दिएर गर्नुपर्छ । उहाँले थप्नुभयो ।

निर्देशक विमल सुवेदी नाटकमा टेष्ट सधैं बगिरहने बताउनुहुन्छ । टेष्ट बगिरहन्छ । कहिल्यै सकिदैन । टेष्ट लगिराख्दा तपाई कतिको फेवर हुनुहुन्छ भन्ने कुरा हो । एउटा प्लेको लागि मलाई एक वर्षको समय दिएपनि पुग्दैन । किनकी म निरन्तर गरिराख्छु । मोनोटोनोस नहुनुपर्ने हो । हामीले कसरी भन्ने भन्ने चिजमा अलिकति कन्सल्टेड गर्‍यौ भने हामीले त्यहाँ के भन्ने भन्नेमा मात्र हुन्छ । तर हामीले भन्ने तरिकाहरु खोज्न थाल्यौ भने ६ महिनासम्म गर्दा पनि भन्ने तरिकामा स्ट्रगल भइरहेको हुन्छ । लाइट, साउण्ड, कष्टम, सबैको आफ्नै एउटा इतिहास छ । सबै चिजमा काम गर्नुपर्‍यो भने एउटा प्लेको लागि एक वर्षले पनि पुग्दैन । मैले पनि फरक फरक प्रोसेस गरिरहेको हुन्छु । हामीले जुन टेष्टको प्रोसेस गरिरहेका छौँ त्यो थिएटरिकल प्रोसेसको लागि टेष्ट र क्यारेक्टर इनभल्ब गरिरहेका छौ कि फिल्ममा क्यामराको लागि गरिरहेका छौ भन्ने हुन्छ । किनकी थिएटर र फिल्ममा प्रोससमा फरक हुन्छ । थिएटरमा कथा भन्ने तरिका र फिल्ममा कथा भन्ने तरिका फरक हुन्छ, मिडियम नै फरक हुन्छ । सोही कारण कुन टाइम र स्पेस हो ख्याल गर्नुपर्छ । थिएटरमा स्पेस भनेको स्टेज हो क्यामरा होइन । अर्को कुरा थिएटरमा सिकाइको प्रक्रिया बेटर हुन्छ । उहाँले भन्नुभयो ।

कलाकार सुरक्षण भारती रिडिङमा धेरै समय बस्ने चलन नभएकोले यसमा सुधार गर्दै पर्याप्त समय दिनुपर्ने तर्क गर्नुहुन्छ । लेखकसँगै बसेर रिडिङ गर्ने अवसर मिल्ने हो भने स्क्रिप्टले दिन खोजेको विषयवस्तुलाई बाहिर ल्याउन सहज हुने उहाँको बुझाई छ । खासमा हामीले लेखकसँग बसेर रिडिङ गर्न खासै पाएका छैनौ । एकदम कम छ । यदी लेखकसँग बसेर रिडिङ गर्न पाउने हो भने आउटपुट राम्रो निस्कन सघाउथ्यो । हाम्रोमा नाटकको जे प्रोसेस छ । त्यो निर्देशक र कलाकारको बिच भैरहेको छ । यस्तोमा समेत रिडिङमा धेरै बस्ने चलन छैन । एकदेखि डेढ महिनामा नाटक रिर्हसल गरेर ल्याइसकेका हुन्छौ । प्राटिक्स कम छ । राइटर भन्न खोजेको के हो । निर्देशकले भन्न खोजेको के हो । स्क्रिप्ट भित्रका पात्र किन छन् । के गर्न खोजेका छन् । किन आउँछ । किन जान्छ । कसरी क्यारेक्टरराइजेशन गर्छौ । कुन टाइमममा छ । कुन स्पेस छ । पात्र भित्रको रिलेसन के छ । कस्तो वातावरण छ । यि सबै कुरा रिडिङमा राम्रोसँग बुझ्न सक्यो भने नर्मल आइडिया आउँछ । त्यसपछि काम गर्दा सहज हुने उहाँले सुनाउनुभयो ।

कलाकार दिव्य देव स्क्रिप्ट रिडिङ गर्दै जति धेरै छलफल गर्न सक्यो त्यसले क्यारेक्टर डेभलप गर्न सघाउने सुनाउनुहुन्छ । सुरुमा निर्देशकको विचार सुन्नुभन्दा पहिले फस्ट रिडिङ सबै कलाकारसँग न्युटल पोजिसेनमा बसेर टेष्टको अब्जरभेसन मात्र गर्नु उपयोगी हुन्छ । किनकी यसरी स्क्रिप्ट अध्ययन गर्दा जानकारी आफ्नो तरिकाले लिन पाइन्छ । सुरुमा अब्जरभेसन गर्ने हो । त्यसपछि एनलाइजेसनको प्रोससेमा जान्छ । बल्ल निर्देशकको कुरा सुन्ने छलफल गर्ने टेष्टमा क्यारेक्टर भित्रको रिलेसनसिप के छन् त्यस्को डाइनामिकहरु के छ । कुन सेटिङमा छौ । कुन टाइममा छौँ । त्यसको कन्टेष्ट कस्तो छ । निर्देशकको पोइन्ट अफ भिउ सुन्ने र कलाकारले पनि त्यसमा थप्दै कन्र्भसेसन हुँदै जानुपर्छ । कन्भर्ससेन जति क्रियटिभ भयो त्यसले क्यारेक्टर डेभलप गर्न नयाँ नयाँ जानकारी थपिदै जान्छ । सबैको इनर्जि एकठाउँमा आउँछ । अनि ब्लकिङमा जान्छौ । अरु प्रोसेस हुन्छ । आउटपुट राम्रो देखिन्छ । तर थिएटरको बजेट नै निकै कम हुन्छ । यहाँ धेरै जसो थिएटरको कलाकारले फिल्मपनि गरिरहेका हुन्छौ । अरु काम समेत गरिहरेका हुन्छौ । पर्याप्त समय दिन सक्दैनौ । फलस्वरुप रिहर्सल र रिडिङमा यस्ले असर पार्छ । आफनै कारणले समय दिइरहन सकेका छौँ । उहाँले भन्नुभयो ।
(क्लब हाउस भित्र रंगमञ्च गुप्रमा गरिएको छलफलमा आधारित)

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button