आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला हुँदै

पाेखरा न्यूज ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिट मुद्दाकाे फैसला आज हुँदैछ । असार २१ गते साेमबार सर्वाेच्च अदाललते असार २८ गने निर्णय सुनाउने मिति तय गरेको थियाे ।

साे दिन प्रतिनिधिसभा विघटनसम्बन्धी रिट  निवेदनका सम्पूर्ण सुनुवाई सकिएको थियाे । त्यसअघि रिट निवेदकका तर्फबाट, विपक्षीका तर्फबाट बहस र अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) बाट राय लिन काम पूरा भएकाे थियाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सम्पूर्ण सुनुवाइ सकिएर अदालतले आजलाई फैसला सुनाउने मिति तय गरेको थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button