गण्डकीमनाङसमाचार

मस्र्याङ्दी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

पोखरा न्यूज । निरन्तरको वर्षाले मस्र्याङ्दी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले आज यहाँ सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो ।

सूचनामा भनिएको छ, “यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचीत तथा अनुरोध गरिन्छ ।”

चामे गाउँपालिका– ४, ५ र नासो गाउँपालिका– १ को तालगाउँ नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो । प्र्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो, “नासो १ तालगाउँ मस्र्याङ्दी नदी किनारमै छ । यहाँ विशेष सावधानी अपनाउनुपर्छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहाबको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु ।”

जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौँ घरपरिवार विस्थापन भएका छन् । यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ । जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवालगायतबाट वञ्चित छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x