कृषिसमाचारसमाज

३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली नष्ट, किसान चिन्तित

पोखरा न्यूज । लगातारको वर्षासँगै आएको हावाहुरीले दैलेखको  नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ । पाक्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।

राति पानीसँगै आएको हावाहुरीले वडा नं ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको छ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई रोपनी, जगत महतराको पाँच रोपनी, रेशम थापाको पाँच रोपनी, गणेश थापाको दुई रोपनी, गणेश खत्रीको दुई रोपनी, तेजबहादुर महतराको दुई रोपनी, अमरबहादुर खनालको दुई रोपनी गरी ३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली पूर्ण रुपमा नष्ट गरेको छ ।

पीडितले राहत र क्षतिपूर्तिका लागि कृषि विकास कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले किसानको पाक्नै लागेको बाली नष्ट भएको विषयमा गम्भीर हुनुपर्ने र किसानलाई राहत प्रदान गर्नुपर्ने माग गरिएको छ । रासस

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x