कास्कीमा ११२ सहित प्रदेशमा थप २७७ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५४ जना पुरुष तथा ५८ जना महिला गरी ११२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १५० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २७७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११२ सहित म्याग्दीका ४२६ जना, पर्वतका १७ जना, गाेरखाका ३१ जना, तनहुँका २२ जना, बाग्लुङका १९ जना, स्याङ्जाका १८ जना र नवलपुरका ३२ जना गरी प्रदेशका ८  जिल्लामा १४४ पुरुष तथा १३३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ४४१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ६९८ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button