कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त

पाेखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिनुभएकाे छ ।

ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button