पोखरा न्यूज । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुभएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा जलस्रोत तथा सिँचाइ हुनुहुन्छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution