देउवा सरकारको पहिलो निर्णय: सबै नागरिकलाई नि:शुल्क खोप

पोखरा न्यूज । देउवा सरकारले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्नु भएको छ । सपथ तथा पदभार ग्रहण गरेपछी बसेको मन्त्रिपरिषद बैठकले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठक नवनियुक्त मन्त्रीहरु बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, पम्फा भुसाल र जनार्दन शर्मा सहभगी हुनु हुन्थ्यो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button