देउवा सरकारले मुलुकलाई कोरोनाबाट निकास दिने !

पोखरा न्यूज । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ ।

नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गर्नुभएको हो ।

नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहनुभएका देउवा मुलुकको प्रधानमन्त्री बन्नुभएकामा शुभकामनासहित उहाँको सफल कार्यकालको कामना पनि गरिएको छ ।

देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।   रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button