नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारले रक्तदान गर्दै !

दोहा कतार । नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारले बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ l जुलाई २३ तारिक शुक्रवार बिहान ८ बजे बाट हमद अस्पतालको रक्तदान केन्द्रमा उक्त कार्यक्रम सम्मपन हुने भएको छ l

कार्यक्रममा कतारमा रहेका सबै नेपालीहरूलाई सहभागी हुन् सङ्घले आग्रह गरेको छ l हामीले आफ्नो तयारी पुरा गरेका छौ, इदको सार्वजनिक बिदा पनि परेको हुँदा उल्लेखनीय सहभागिता हुनेमा आफू विश्वस्त रहेको रक्तदान कार्यक्रमका संयोजक देव लम्सालले पोखरा न्यूजलाई बताउनु भयो l लम्सालले रक्तदान जस्तो मानवीय पुण्यको कार्य अर्को नहुने हुँदा सबैले सहभागिता जनाई दिन आग्रह समेत गर्नु भयो l

रक्तदान गर्नको लागि सक्कली कतार आइडी या हेल्थ कार्ड अनिवार्य गरिएको छ भने रक्तदान गर्नुभन्दा अगाडि ६ घण्टा राम्रो सँग सुतेको, स्वस्थ खानेकुरा खाएको, पछिल्लो २४ घण्टामा जाँड रक्सी नपिएको हुनु पर्ने प्रावधान छ l १८ देखि ६५ वर्ष सम्मको कम्तीमा तौल ५० केजीको हुनुपर्ने छ l कोरोनाको भ्याक्सिन नलगाएको व्यक्तिले पनि रगत दिन सकिनेछ भने भ्याक्सिन लगाएको २४ घण्टा नकटेको खण्डमा रक्तदान गर्न नमिल्ने सङ्घले जनाएको छ l

सङ्घले समूहमा रक्तदान दिन चाहनेहरूका लागि निःशुल्क यातायातको समेत व्यवस्था गरेको व्यवस्थापक दर्शन सुनारले बताउनु भयो l रक्तदान गर्न चाहने तर यातायातको असुविधा भए सम्पर्क गर्न सुनारले आग्रह गर्नु भएको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button