कोरोनाको खोप लिएर गोरखा पुगे मुख्यमन्त्री नेपाली

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो ।

सो गाउँपालिकाका लागि तीन हजार ५०० खोप आवश्यक रहेकामा यसअघि नै ५०० जनाले खोप लगाइसकेका छन् । सो अवसरमा मुख्यमन्त्री नेपालीले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन समेत गरिसकेको जानकारी दिनुभयो ।

सङ्घीय सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लामा पठाइएको र प्राथमिकताका आधारमा उपलब्ध गराउन मुख्यमन्त्री नेपालीले निर्देशन दिइसक्नुभएको छ । भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकामा पठाएर खोप लगाउने गरिएको छ ।

अहिले चुमनुब्री पठाइएको खोप तीन हजारलाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउने जनाइएको छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ । टोलीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा दामोदर रेग्मी हुनुहुन्छ ।

माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत खोप चुमनुब्री पुर्याइएको हो । हेलिकप्टरले पालिकाका सातवटै वडाको केन्द्रमा खोप छाड्ने छ । बर्खायाममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गोरखाका प्रदेशसभा सदस्य समेत रहेका उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ र प्रमुख सचिव डा. दामोदर रेग्मीको टोली हेलिकप्टर लिएर छेकम्पार, ल्हो लगायतका ठाउँ पुगेर फर्कियो । तर भेरोसेल खोप चाहिं पुगेन ।

    चुमनुव्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङ कहिले हेलिकप्टर आउँछ र खोप लैजाउँला भनेर सदरमुकाममै बसिरहेका छन् । शुक्रबार पोखराबाट हेलिकप्टरमा आएको मुख्यमन्त्री नेतृत्वको टोलीले सदरमुकाम आएर खोप लगेन । स्वास्थ्य शाखा प्रमुख गुरुङ भन्छन्, ‘मुख्यमन्त्री चढेको हेलिले मास्क र सेनिटाइजरहरु लगेको रहेछ ।’

    Fake news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button