कास्कीगण्डकीगोरखामुख्य खबरसमाचार

पोखरामा साथीहरूसँग मापसे गरी बसेका युवकको भिरबाट लडेर मृत्यु 

पोखरा न्युज ।  पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

पोखरा महानगरपालिका- १८ मेथलाङको डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार  साथीहरूसँग मादक पदार्थ सेवन गरी बसेका थापा गए राती १ : ४० बजे भिरबाट खसेका थिए ।

करिब ५० मिटर तल खसेर घाइते भएका थापालाई  उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीले थापाका साथीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments
Back to top button
0
Would love your thoughts, please comment.x
()
x