कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङमनाङमुस्ताङ्म्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीमा १४६ सहित प्रदेशमा थप ३८१ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७८ जना पुरुष तथा ६८ जना महिला गरी १४६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४६ सहित मुस्ताङका ११ जना, मनाङका २ जना, म्याग्दीका ५ जना, पर्वतका ७३ जना, गाेरखाका १ जना, लमजुङका ८ जना, तनहुँका २० जना, बाग्लुङका ३९ जना, स्याङ्जाका ३५ जना र नवलपुरका ४१ जना गरी प्रदेशका ११ जिल्लामा १९३ पुरुष तथा १८८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६० हजार ९०० पुगेको छ। पछिल्लो २४ घण्टामा ३६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ६२ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १७ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x