एनआरएनए कतारको नवाैं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन

दोहा कतार । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ राष्ट्रिय महाधिवेशन-२०२१ सम्पन्न भएको छ । नेपाली दूतावासको सभा हलमा र जुम मार्फत सम्पन्न कार्यक्रम कतारका लागी नेपाल सरकारका राजदूत नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यता तथा सङ्घका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राजदूत भारद्वाजले एनआरएनए कतारले नेपाली समुदायलाई गरेको सहयोग अतुलनीय रहेको बताउनु भयो । सङ्घले नेपालमा कोरोना बिरुद्को लडॉईमा गरेको सहयोगको प्रशंसा गर्नु भएको थियो । मन्तव्यका क्रममा आफूले खेलकुद तथा संस्कृति मन्त्रालयमा भेटघाट गरी कतारमा नेपाली समुदायको लागि सॉस्कृतिक भवन निर्माणको लागी पहल गरिरहेको जानकारी दिनु भयो । एनआरएनए सामाजिक संस्था रहेको हुनाले आफूले यस संस्थालाई कतारको सरकारी निकायमा दर्ता गर्नको लागि पहल गरिरहेको बताउनु भयो । सकेसम्म भवन सहितको घरको लागि आफूले पहल गरिरहेको बताउनु भयो । त्यसको लागी आफूले सम्झौता पत्र तयार गर्नतर्फ लागेको जानकारी गराउनु भयो । एनआरएनए कतार विश्वमै उत्कृष्ट समिति रहेको बताउँदै नेपाली समुदाय बीचको राजनीतिक विभाजनलाई चिर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नियोगका द्धित्तीय सचिव प्रवीण भट्टराई, सङ्घका केन्द्रीय अध्यक्ष कुमार पन्त लगायत विभिन्न तह र तप्काका उच्च पदाधिकारीको विशेष आतिथ्यता रहेको थियो । राष्ट्रिय गान, दीप प्रज्वलन सहित शुभारम्भ गरिएको कार्यक्रममा सङ्घका उपाध्यक्ष कुमार खड्काले स्वागत मन्तव्यद्वारा कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्नु भएको थियो ।

सम्मान तथा पुरस्कार वितरण

महाधिवेशनबाट सङ्घले सञ्चालन गरेका विभिन्न अभियानमा सहयोग पुराउने सङ्घ संस्था, सांस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरू र कोरोना महामारीमा राहत वितरणमा विशेष सहयोग पुऱ्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सङ्घको कार्यकाल २०१७-२०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कार समेत वितरण गरिएको छ। २०१९-२०२१ को”साहित्य पुरस्कार” दीप मिलन र “पत्रकारिता पुरस्कार” तिलु शर्मा र “स्वास्थ्य तथा खेलकुद” पुरस्कार ईन्तखाब अहमद प्रदान गरिएको थियो । त्यस्तै सङ्घ कतारले नेपाली नियोग कतारलाई समेत आधार पत्रले सम्मान गरेको थियो ।

शुभकामना तथा बधाई

एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्तले आइसिसीले सञ्चालन गरेका अभियानमा सङ्घ कतारले उल्लेख्य रूपमा योगदान गर्दै कार्य सम्पादन गरेको भन्दै प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ, संस्था समाजका अग्रज तथा पञ्जिकृत सदस्यहरूको तर्फबाट लगायत विभिन्न वक्ताहरूले बोल्दै आगामी कार्यकालको लागी शुभकामना तथा सफलता पूर्वक कार्यकाल समपन्न गरेकोमा सङ्घको १९/२१ कार्यकालका पदाधिकारी लाई बधाई ज्ञापन गर्नु भएको थियो ।

दुई चरणमा सम्पन्न कार्यक्रमको खुल्ला सत्र को सहजीकरण सङ्घका महासचिव पदम गिरीले गर्नु भएको थियो भने मौजुदा कार्यसमिति गर्दै महाधिवेशन दोस्रो अर्थात् बन्द सत्र मा प्रवेश गरेको घोषणा कार्यक्रमका सभापति मुक्तदाले गर्नु भएको थियो ।

आयव्यय तथा कार्य प्रगति विवरण

बन्द सत्रको सुरुवातमै सङ्घका कोषाध्यक्ष विनोद प्रसाद बर्साैलाले एनसिसि कतारमा ६ लाख ४७ हजार ६ सय ८६ रियाल बचत रहेको आयव्यय प्रस्तुत गर्नुभएको थियो भने महासचिव पदम गिरीले कार्य प्रगति विवरण पेश गर्नु भएको थियो । पेश गरिएका दुवै विवरण अनुमोदन भएका थिए ।

शपथ कार्यक्रम 

महाधिवेशनबाट गत ९ जुलाईमा सम्पन्न नवौँ निर्वाचनबाट निर्विरोध विजयी हुनु भएका कार्यसमितिका पदाधिकारीहरूलाई”नयॉकार्यसमिति चयन समिति” का संयोजक रमेश भट्टले पद तथा गोपनियिताको शपथ ग्रहण गराउनु भएको थियो । साथै दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नाम समेत प्रस्तुत गरिएको थियो ।

शपथ ग्रहण पश्चात् बोल्दै दोस्रो कार्यकालका लागी पुनः निर्विरोध निर्वाचित अध्यक्ष मुक्तदाले आफ्नो पछिल्लो कार्यकालमा सङ्घको लोकप्रियता विश्वभर ह्वात्तै बढेको हुदॉ त्यसको गरीमालाई थप उचॉई दिने र भेदभाव रहित कार्य सम्पादन गर्दै सङ्घलाई श्रमिकमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले आफ्नो २ बर्से कार्यकाल सफल बनाउन र पुनः नेतृत्वमा पुग्न साथ सहयोग र समन्वय गर्नेसबैमा कृतज्ञता प्रकट गर्नु भएको थियो ।

एनआरएनए कतारबाट एनआरएनए आइसिसीमा सदस्यको रूपमा निर्विरोध निर्वाचित हुनेहरूमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंकबहादुर खड्का, अर्षद हुसेन मु, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी, तेज कटुवाल हुनुहुन्छ ।

नव निर्वाचित कार्यसमितिको विवरण

अध्यक्ष- मोहम्मद मुक्तदा मुसलमान

प्रथम उपाध्यक्ष- जैवी राई

द्धितिय उपाध्यक्ष- प्रेम चलाउने

महिला उपाध्यक्ष- अम्बिका खत्री,

महासचिव- पदम गिरी

सचिवद्धय- रबिन थापा मगर र दीप जङ्ग शाह

कोषाध्यक्ष- विनोद प्रसाद बर्सौला

सह- कोषाध्यक्ष- बालकृष्ण न्यौपाने

महिला संयोजक- नानु घले ब्लोन

युवा संयोजक- डेक ब. भारती (सुमन)

कार्यसमिति सदस्यहरू – सेवक बिक, खड्का बहादुर पा फागो, ओम बहादुर क्षेत्री (सन्तोष), सविन्द्र श्रेष्ठ, तारानाथ बास्तोला, नारायणप्रसाद ढुङ्गाना, मुखतार आलम, सन्तोष पौडेल, विष्णु बहादुर खड्का, गजेन्द्र राई, एकराज कटवाल, मोहम्मद ईन्जाद आलम, अब्दुलखालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, राम बाबु यादव, अगन्धर देवकोटा र मोहम्मद मेराजुद्दिन ।

लेखा समिति संयोजक- सन्तोष रेग्मी,

सदस्यद्धय- टिकाराम गौतम (अमित) र गणेश भट्ट रहनु भएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button