नेपाली जनसम्पर्क समिति इजरायलकाे सभापतिमा दिपिका

तिलु शर्मा पौडेल, दोहा कतार । नेपाली जनसम्पर्क समिति इजरायलको तेस्रो अधिवेशनबाट दिपिका भुसालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

निर्वाचित कार्यसमितिकाे उप-सभापतिहरुमा अनु थापा,  नितु कार्की, कटक श्रेष्ठ, महामन्त्रीहरुमा मातृका तिमिल्सिना, मायॉं खनाल, सह महामन्त्रीहरुमा लाल दुरा,  सुमित्रा दवाडी,  सबिषा सिलवाल र मनोनीत सहमहामन्त्रीमा  राजकुमारी श्रेष्ठ चयन हुनु भएकाे छ ।

त्यसैगरी कोषाध्यक्षमा विनीता बराम हुनुहुन्छ भने प्रभा घिमिरे बागमती प्रदेश, चन्द्र कला कुमाल गण्डकी प्रदेश, भक्ति सापकोटा लुम्बिनी प्रदेश प्रमुखमा चयन हुनु भएको छ । त्यस्तै समितिका सदस्यहरूमा राधिका कँडेल, सोनाम हेलम्बु, बुद्धिमायॉं तामाङ, ललिता विष्ट, निर्मला राय, नारद बोगटी, पूजन प्रकाश उपाध्याय,  दीपक भुसाल, किसन कुमार थारु, राजेन्द्र उप्रेती, प्रेमा अधिकारी र अरुणा खड्का रहनु भएको छ ।

कॉंग्रेसको १४ औँ महाधिवेशनमा भाग लिने महाधिवेशन प्रतिनिधीहरुमा देवी (दीपिका) भुसाल, खगेश्वर अधिकारी, सुबास खरेल, अनु थापा,राजेन्द्र खनाल, राज छत्कुली र सूर्य बहादुर राना छनोट हुनु भएको छ ।

पर्वत फलेवास निवासी नवनिर्वाचित सभापति भुसाल लामो समयदेखि इजरायलमा कार्यरत रही राजनीति र समाजसेवामा सक्रिय रहँदै आउनु भएकाे छ। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का विभिन्न परियोजना साथै पर्वत सेवा समाज नेपाल र अन्तर्राष्ट्रिय पर्वत समाज नेपालमा समेत आबद्ध रहेर अनुभव संगाल्नु भएकी भुसालसँग जनसम्पर्क समिति इजरायलको स्थापना कालदेखि हालसम्म महिला उपसभापतिको पदमा रहेर काम गरेको अनुभव समेत छ ।

बदलिँदो राजनैतिक परिस्थिति, देशको वर्तमान अवस्था र भर्खरै नेपाली काँग्रेस सत्तामा पुगेका विविध परिस्थितिहरू सँगै पार्टीको सङ्गठन बिस्तारलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउने र समाजसेवालाई पनि निरन्तरता दिँदै जाने कुरा उहाँले बताउनु भएकाे छ ।

कॉंग्रेस सह महामन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न सो अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button