गाेरखामा दिदी लिन गएका युवक पुलबाट खसेर बेपत्ता

पाेखरा न्यूज । दिदी लिन गएका गाेरखाका एक युवक खाेला तर्ने क्रममा काठकाे पुलबाट खसेर शुक्रबार राति बेपत्ता भएका छन् ।

गोरखाकाे चुमनुब्री गाउँपालिका-३ घट्टेखोलाका ३० वर्षीय विजय गुरुङ ठाडाे खाेलामा रहेकाे पुलबाट खसेर बेपत्ता भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

दिदीको घरबाट दिदीलाई ल्याउने क्रममा  राति अन्दाजी ११ बजे गुरुङ  पुलबाट खसेकाे प्रहरीकाे भनाइ छ ।

घटनास्थलमा शनिबार बिहानदेखि खटिएकाे प्रहर टाेलीले खाेजतलास जारी राखेकाे र घटना बारे अनुसन्धान गरिरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button