गोरखामा हेलिकप्टरबाट कोरोनाको खोप पुर्याइयो

पोखरा न्यूज । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुर्याएको छ । मौसम खराबीका कारण यसअघि नै पुर्याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उहाँले बताउनुभयो । “सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत खोप पुर्याएको हो”, शाखा प्रमुख खत्रीले भन्नुभयो, “शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।”

भेरोसिल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पुर्याएको प्रमुख खत्रीले बताउनुभयो । चुमन्रवी पुर्याइएको खोप गाउँपालिका भित्रका १८ वर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने उहाँको भनाइ छ । सो क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन् । केहीले यसअघि नै खोप लगाइ सकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएकोे प्रमुख खत्रीले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button