जोमसोममा पुल भाँचिएर ट्रक खस्दा २ जनाको मृत्यु

पोखरा न्यूज । मुस्ताङको जोमसोममा आज बिहान भएको ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ग१ख ६८५२ नंको ट्रकमा सवार ७ जना मध्ये रामेछापको गोकुल गंगा गाउँपालिका १ का ३८ वषीय चित्र बहादुर श्रेष्ठ र २६ वर्षीया मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी खोलास्थित जोमसोम धुम्बा भित्रि कच्चि सडकखण्डमा रहेको काठको अस्थायी पुल भाँचिदाँ सो दुर्घटना भएको प्रहरीले बताएको छ ।

जोमसोमबाट धुम्बातर्फ जाँदै गरेको  ट्रक ठिनी खोलामा रहेको काठको अस्थायी पुल तर्ने क्रममा अचानक भाँचिन जाँदा खोलामा खसेको थियो ।

बाँकी ४ घाइतेको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको र दुर्घटना बारे थप अनुसन्धान शुरु गरिएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरीष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button