कास्कीमा १६२ सहित प्रदेशमा थप ३३८ मा संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८० जना पुरुष तथा ८२ जना महिला गरी १६२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ८९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३३८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६२ सहित मुस्ताङका १ जना, म्याग्दीका १३ जना, पर्वतका १९ जना, गाेरखाका ३० जना, लमजुङका ३ जना, तनहुँका १५ जना, बाग्लुङका २५ जना, स्याङ्जाका ५३ जना र नवलपुरका १७ जना गरी प्रदेशका १० जिल्लामा १६१ पुरुष तथा १७७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५०६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ७३० पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २५ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button