फिल्म हेर्न गरेका संर्घष मनमा ताजै

हलसम्म पुगेर फिल्म हेर्न सहज थिएन

राजाराम पौडेल । कुनै समय मनमा रहर भएपनि हलसम्म पुगेर फिल्म हेर्न निकै गाह्रो हुन्थ्यो । हलसम्म पुगेर फिल्म हेर्न सहज थिएन । निकै संर्घष गर्नुपथ्र्यो । सबैभन्दा पहिला फिल्म हेर्नको लागि रकम जोहो गर्नुपर्‍यो ।

रकम जोहो गरेपछि फिल्म हेर्न उपयुक्त दिन निस्कनुपर्‍यो । दिन निस्केपछि हलसम्म पुग्न घरमा अनेक बहानाबाजी बनाउनुपर्‍यो । त्यसपछि हलसम्म पुग्न लामो समय पैदलयात्रा गर्नुपर्‍यो । हलमा पुगेपछि समेत कहाँ सजिलो हुन्थ्यो र । भिडलाई छिचोल्दै टिकट हात पारेर हल भित्र प्रवेश गर्नुपर्‍यो । टिकट हातपर्नु युद्ध जितेजस्तो हुनेगथ्र्यो । फिल्म हेरेपछि पुनः घरसम्म पुग्न उतीनै यात्रा ।

यसरी फिल्म हेर्दा समेत कहाँ जस मिल्थ्यो र फिल्म हेरेर विग्रीयो भन्ने आरोप लाग्थ्यो । फिल्म हेरेर नयाँ कुरा सिक्न सकिन्छ भन्ने बुझाई निकै कम थियो । सोही कारण ढाँटेर, छलेर फिल्म हेर्ने र फिल्म हेरेको कुरा जो पायो त्यसलाई नभन्ने चलन थियो । केही कलाकारले आफ्ना ती दिनलाई यहाँ स्मरण गर्नुभएको छ ।

अभिनेता किशान सुनारसँग ३, ४ घण्टा हिँडेर हलमा पुगी फिल्म हेरेको अनुभव छ । म जन्मे हुर्केको पर्वतको जिल्लाको पाङराङ गाउँमा हो । हामी फिल्म हेर्नेको लागि सदरमुकाम कुस्मा बजार जानुपर्ने थियो । ३, ४ घण्टा हिँडेर हलमा पुगिन्थ्यो । १२ बजेको सो हेरेर साँझ घर फर्किदा ढिला हुन्छ भनेर हतार–हतार दौडिन्थ्यौ ।

त्यसबेला हाम्रो लागि हिरोे भनेर चिनिने केबल राजेश हमाल मात्र थिए । एउटा रमाइलो घटना छ । राजेश हमालको ‘चट्याङ’ फिल्म लागेको थियो । दिउँसोको सो हेरेर फेरी बेलुकीको सो पनि हेर्ने सल्लाह भयो । दिउँसो ८ रुपैयाँको टिकट काटेर हेरेउ । बेलुकाको ५ रुपैयाको टिकट काटेउ । किनकी भित्र छिरेपछि दिउँसोको टिकट देखाएर ८ रुपैयाँवाला सिटमा बस्ने निधो गरेउ । ८ रुपैयाँवाला सिटमा गएर मज्जालें बसेर हेर्दै थियौं । टिकट चेक गर्ने मानिस आए । हाम्लाई थाहा भएनकी दिउँसोको र बेलुकाको टिकटको रंग फÞरक हुन्छ भनेर । पछी टिकट चेक गर्न आउनेले दिउँसोको टिकटले अहिले टिकट नकाटी हेरेको भनेर हलबाट बाहिर निकालीदिए त्यो बेला साह्रै खल्लो लागेको थियो । उहाँ सँम्झनुहुन्छ ।

गोजीमा पच्चिस रुपैयाँ भएपछि फिल्म हेर्न आइहाल्ने गरेको माओत्से गुरुङ सुनाउनुहुन्छ । उहाँलाई हलमा फिल्म हेर्न तालबेसीबाट पोखरा आउनुपथ्र्यो । म कास्कीको तालबेसीबाट पोखरासम्म फिल्म हेर्नका लागि आउनुपर्ने । हिड्दै वेगनास तालसम्म आई वेगनासतालबाट गाडी चढेर आउथे । त्यो बेला मसँग ज्यादै सिमित बजेट हुन्थ्यो । पच्चिस रुपैयाँ भएपछि म फिल्म हेर्न आउथे । आउँदा कतिपय बेला गेटमा बस्ने पालेले नदेख्दा टिकट नदेखाइकन हुलसँग भित्र पसिन्थ्यो । सानो भएकोले हुलमा धकेला धकेल हुँदा एकैचोटी भित्र पुगिन्थो । अर्कौ दिन सोही टिकट देखाएर भित्र छिर्थे । टिकटको कलर सो समय अनुसार फरक हुने रहेछ मलाई थाहा भएन । मैले पुरानो टिकट देखाउदा पाले हाँस्थे । तर रोकेनन् । यसरी फिल्म हेर्दा झनै रमाइलो लाग्थ्यो । उहाँले भन्नुभयो ।

कास्कीको हेम्जाबाट पोखरामा फिल्म हेर्नको लागि २ घण्टा हिड्ने गरेको गायक विनोद वानियाले विर्सनु भएको छैन । म फिल्मको एकदमै ठुलो फ्यान हो । सानोमा धेरै फिल्म हेरियो । मेरो घर कास्कीको हेम्जा । सानोछँदा हेम्जाबाट पोखराका हलमा फिल्म हेर्न आउन साह्रै गाह्रो हुन्थ्यो । हलमा दोस्रो, प्रथम, स्पेशल, बालकोनी र ड्रेसकल भनेर ठाउँ र शुल्क निर्धारण गरिएको हुन्थ्यो । त्यतिबेला हामीले प्रथम वा दोस्रोकै टिकट काटेर हेर्ने गथ्र्यौ । सेकेन्डको ४ रुपैयाँ, फस्टको ६ रुपैयाँ थियो । फिल्म हेर्न ६ रुपैयाँ पाउन निकै मुस्किल हुन्थ्यो । हेम्जाबाट करिब २ घण्टा हिडेर हलमा पुग्थ्यौ । विहान ८ बजे भात खाएर हिड्यो । १० बजे हलमा पुगिन्थ्यो । १२ बजे फिल्म सुरु हुन्थ्यो । कुर्नुको मजा झनै बेग्ले हुन्थ्यो । साढे १० बजेतिर लाइनमा बसिन्थ्यो । प्रायः लाइनको अगाडिनै परिन्थ्यो । अलिकती ढिलाहुँदा ब्ल्याकमा १० रुपैया तिरेर टिकट किनेर हेरिन्थ्यो । फिल्म हेर्नको लागि पैसा जम्मागर्न भने धेरै समय लाग्थ्यो । कहिलेकाही घरमा अलिअलि पैसा चोर्नेदेखि लिएर दक्षिणा कलेक्सन गरेर, आफूभन्दा ठुलासँग मागेर फिल्म हेर्ने गरिन्थ्यो । फिल्मको म साह्रै सोखिन थिए । विनोदले सुनाउनुभयो ।

म्याग्दीबाट फिल्म हेर्न बाग्लुङ जानुपर्ने भएको कारण गायक कुमार पुनलाई फिल्म हेर्नको लागि धेरै समय छुट्याउनुपथ्र्यो । त्यतिबेला जुन दिन नयाँ फिल्म रिलिज भयो त्यही दिनमा फिल्म हेर्नुपर्ने बानी थियो । एकदमै भिड हुने भएकोले धेरैपटक ब्ल्याकमा दोब्बर शुल्क तिरेर फिल्म हेरेका छौँ । कतिपय अवस्थामा टिकट नपाएर अगाडी बसेर हेथ्र्यौ । प्रायःजसो बालकोनीको टिकट काट्थ्यौ । टेबलमा बसेर पनि फिल्म हेरियो ।
म्याग्दीबाट फिल्म हेर्न भनेर बागलुङ जाने गथ्र्यौ । नयाँ फिल्म चल्ने थाहा हुने बितिकै बाग्लुङ पुग्थ्यौ । घरमा गाली गर्नुहुन्थ्यो तर वास्ता नगरी जान्थ्यौ । पैसा कहिले घरमा जोरजाम गरेर त कहिले साथीभाइसँग सापट मागेरै जोहो गरिन्थ्यो । त्यतिबेला नयाँ फिल्म चलेकोबारे रेडियोमा विज्ञापन आउथ्यो । विज्ञापन सुनेर पहिलो दिननै साथीहरु मिलेर हलमा जाने गथ्र्यो ।
बिहानै घरबाट निस्केर फिल्म हेरेर फर्कदा राती हुन्थ्यो । म फिल्म हेर्ने भनेपछि निकै क्रेजी थिए । बागलुङ क्याम्पस पढ्ने क्रममा फिल्म हेर्न पोखरा आउन थाल्यौ । किनभने पोखरामा धेरै फिल्म बागलुङमा भन्दा पहिला रिलिज हुने थिए । गायक पुनले सम्झनुभयो ।

गायक चेतन राईलाई हलमा फिल्म हेर्न सल्यानबाट दाङ पुग्नुपथ्र्यो । नेपालगञ्जको लक्ष्मी हलमा अगाडि बसेर फिल्म हेरको याद छ । पछि नेपालगञ्जबाट जन्मथलो सल्यानमा गइयो । त्यो समयमा सल्यानमा फिल्म हल त थिएन । तीनवटा भिडियो हल थिए । हाम्रो लागि फिल्म हलहरु भएको ठुलो बजार दाङ थियो । दाङमा समेत हाम्रो बसाई थियो । हामी स्कुलमा पढ्थ्यौ । परिक्षा सकिएका फुर्सदको समयमा दाङमा गइन्थ्यो । आफन्तपनि हुनुहुन्थ्यो र आफ्नो खेतबारी समेत उता भएकोले एकवर्षको लागि पुग्ने दाल चामल लिएर जाने चलन थियोे । त्यो मौकामा दाङ पुग्दा फिल्म हेरिन्थ्यो ।

८, ९ कक्षा पढ्न थालेपछि एक्लै दाङ पुग्न थाले । परिक्षा सकिएपछि दाङ जान्छु । दाङ गएर हलमा फिल्म हेर्छु भन्ने मनमा योजना बनाउथे । स्कुल टाइममा घरबाट खाजा खाने भनेर पैसा दिनुुहुन्थ्यो त्यो जम्मा गरेर राख्थे । हप्तामा एक रुपैयाँ, कहिलेकाही दुई रुपैयाँ त्यस्तो गरेर जम्मा गरेर एक वर्षसम्ममा ५० देखि १ सय रुपैयाँसम्म जम्मा गर्थे । त्यो बेला फिल्म हेरेको बाल्कोनी भन्थ्यो त्यसको ८ रुपैयाँ थियो । स्पेशलको ४ रुपैयाँ थियो । जम्मा गरेको पैसाले टिकट किन्ने ब्रेक टाइममा खाजा खान मनलाग्ने हुन्थ्यो । राईले स्मराण् गर्नुभयो ।

गायक राजन कार्कीसँग फिल्म हेर्न गाउँबाट तीन घण्टा हिँडेर हलसम्म पुगेको अनुभव छ । फिल्म हेर्न गाउँबाट तीन घन्टासम्म हिँडेर पर्बतको सिद्धेश्वर फिल्म हल कुस्मामा जानु पथ्र्यो । सधै जान सम्भव थिएन । मौका छोपेर साथि भाइहरु मिलेर फिल्म हेर्न गइन्थ्यो । मानिसको निधन भएको बेलामा मलामी जाने ठाउँ समेत त्यहिं बाटोमा थियो । मलामी जाँदा त्यतैबाट फिल्म हेरेर पनि आइथ्यो । अजम्बरी माया त्यसरी हेरेको फिल्म थियो ।
गाउँ भरिमा हाम्रोमा मात्र टिभी थियो त्यहिं ब्याट्रिबाट चल्ने । त्यतिबेला गाउँमा विजुली थिएन । चार्ज गरेर टिभी हेर्नुपथ्र्यो । चार्ज गर्न १ घन्टा टाढा चिलाउनेवासमा बोकेर जानु पथ्र्यो । त्यतिबेला घरमा टिभिी हेर्नेको लाइन हुन्थ्यो, फिल्म आउँदाको दिनमा भिड अझ धेरै हुन्थ्यो । अहिले सम्झदा रमाइलो लाग्छ । एकपटक फिल्म हेर्दा मेरो नजिकै एकजना बाजे हुनुहुन्थ्यो । फिल्ममा पानी परेको सिन आयो । उहाँ बाजेले त ए केटा हो छाता निकालो पानी परिसक्यो भन्न थाल्नुभयो । हामीलाई हाँसो लाग्यो । कार्कीले सुनाउनुभयो ।

नाट्यकर्मी परिवर्तनसँग समेत झन्डै तीन घण्टाको बाटो हिडेर सिनेमा हल पुगेको स्मरण ताजै छ । बाल्यकालमा म फिल्मको निकै सौखिन थिए । हरेक शनिबार सिनेमा हलमा पुग्थे । त्यो समय गाउँमा यातायातको सुविधा थिएन । घरबाट सिनेमा हल पुग्न झन्डै तीन घण्टाको बाटो हिडेर जानु पर्दथ्यो । मलाई एउटा घटना अहिले पनि झलझल याद आउँछ । श्रावणको महिनाको २ गते थियो (साल महिले सम्झन सकिन) । हामी ४,५ जना साथीहरु फिल्म हेर्न भनेर घरबाट निक्ल्यौ । ठूलो पानी परिरहेको थियो । घरबाट आधा घण्टा हिडेपछि बाटोमा म नमज्जाले हिलोमा पछारिए । पाइन्टको पछाडिको भाग पुरै हिलै हिलो भयो । अब पर्‍यो फर्साद । फर्केर घर आऊ फिल्म छुट्ने डर । नआउ पाइन्टको पछाडि हिलैहिलो । अन्त्यमा पानीले पुछपाछ गरेर फिल्म हेर्न गए । त्यो घट्ना सम्झदा अझैपनि हाँसो लागेर आउँछ । उहाँले भन्नुभयो ।

म्युजिक भिडियो निर्देशक विकास सुवेदीले समेत कास्कीकोटबाट फिल्म हेर्न हिड्दै पोखरा झरेको भुल्नु भएको छैन ।

बाल्यकालमा कास्किकोटदेखि २ घन्टा हिडेर पोखरा तेर्सापट्टीमा रहेको बिध्यबासिनी हल, कल्पना हल तथा नयाँबजारमा रहेको दिपज्वति हलमा आइन्थ्यो । ती दिन सम्झदा अहिले रमाइलो लाग्छ । त्यतिबेला हलसम्म पुगेर फिल्म हेर्न पाउँदा संसार जितेको अनुभब हुन्थ्यो । हुनत म बाठो थिए । स्कुल बाट भागेर फिल्म हेर्दा खर्च भएको पैसाको हिसाब सोही फिल्मको कथा साथीभाइलाई सुनाएर उनीहरुबाट १, २ रुपैयाँ लिएर उठाउँथे । प्रायः म चौतारोमा बसेर उनीहरुलाई यसरी फिल्मको कथा सुनाउथे । सुवेदीले बताउनुभयो ।

थप्रेकबाट दूईघण्टा हिडेर गगनगौडामा रहेको हलमा आएर फिल्म हेरेको कलाकार विवेक गुरुङको मानसपटलमा ताजै छ ।

मेरो पुख्यौली थलो तनहुँ शुक्लागण्डकी १ थप्रेक हो । बाल्यकालमा गाउँमा व्याट्री ल्याएर टिभीबाट फिल्म देखाइन्थ्यो । किनकी त्यतिबेला गाउँका विजुली पुगेको थिएन । म ९, १० कक्षामा अध्ययन गर्नेबेलामा बल्ल गाउँमा विजुली पुगेको थियो । त्यतिबेला टेलिभिजनमा शुक्रबार, शनिबार आउने फिल्म हेरिन्थ्यो । त्यसरी हेर्दा प्रायः हिन्दी फिल्म हेरियो । कहिलेकाही नेपाली फिल्म समेत हेर्ने अवसर मिल्थ्यो ।

अर्को कुरा हलमा फिल्म हेर्न थप्रेकबाट दूईघण्टा हिडेर नै कास्कीको गगनगौडामा रहेको मन्दिप मिलन चलचित्र मन्दिरसम्म आउथ्यौँ । फिल्म हेर्ने भनेर उत्साहित भएपछि दुई घण्टाको हिडाइलाई भुलिदिन्थ्यो । विवेकले स्मरण गर्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button