टिभी खोल्दा करेन्ट लागेर बालिकाको मृत्यु

पोखरा न्यूज । आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर एक बालिकाको लमजुङमा मृत्यु भएको छ । आज बिहान ८ः३५ बजे राइनास नगरपालिका–७ सालफेदीकी राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button